दोस्रो भाउन्ने कपको उपाधि ए.पी.एफ सुनसरीले चुम्यो


बेलबारी, ३० चैत । बेलबारीमा जारी नेपाल आइस दोस्रो भाउन्ने कप नकआउट फुटबल प्रतियोगिताको उपाधि ए.पी.एफ सुनसरीले चुमेको छ । मोरङको बेलबारी–१० स्थित भाउन्नेमा भएको खेलमा आयोजक टिम भाउन्ने यूथ क्लब (निलो)लाई सडेन डेथमा पराजित गर्दै ए.पी.एफ सुनसरीले उपाधि चुमेको हो ।

भाउन्ने यूथ क्लबको आयोजनामा सम्पन्न प्रतियोगिताको अवधिभरि गोल नभएपछि खेल ट्राईब्रेकरमा परिणत भएको थियो । तर ट्राइवेकरमा पनि दुवै टिमबाट खेल बराबरी भएपछि खेल सडेन डेथमा गएको थियो । ए.पी.एफ सुनसरीले सडेन डेथमा विजय हासिल गरेको थियो । फाइनल खेलको मेन अफ दि मेच विजेता टिमका आशिष चौधरी घोषित भए ।

विभिन्न ८ वटा टिमले भागलिएको प्रतियोगिताका विजेता टिमले १ लाख १ हजार र उप विजेतालाई ५१ हजारसहित ट्रफि,मेडल र प्रमाणपत्र पाएको आयोजक टिमका अध्यक्ष सन्तोष तामाङले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्