एमालेबाट बेलबारी वडा नं २ को अध्यक्षमा कृष्ण गुरुङको उमेद्वारी सर्वसम्मत


बेलबारी, ३० चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेको बेलबारी नगरपालिका वडा न. २ को अध्यक्षमा कृष्ण गुरुङको उमेद्वारी सर्वसम्मत रूपमा चयन भएको हो


वडा अध्यक्षका लागि यस अघि हालका वडा अध्यक्ष घनश्याम गौतम, कबिर माविका पूर्व प्रधानाध्यापक दुर्गाप्रसाद गौतमले पनि वडा अध्यक्षमा उमेद्वारी दिए पनि सहमतिमा दुवै जनाले आफ्नो उमेद्वारी फिर्ता लिए पछि गुरुङ सर्वसम्मत उमेद्वार बन्न सफल भएका हुन् ।

युवाहरूमाझ लोकप्रिय मानिने उनी नेकपा एमाले नगर कमिटी बेलबारीका उपाध्यक्ष हुन् । यस अघि नै एमालेले वडा नं ४ मा पनि सर्वसम्मत उमेद्वार छानेको छ ।

प्रतिक्रिया दिनुहोस्