एमालेबाट बेलबारी वडा नं ४ को अध्यक्षमा सुजित बस्नेतको उमेद्वारी सर्वसम्मत


बेलबारी, २७ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीहरु आ–आफ्ना उमेद्वार छान्न जुटिरहेका छन् । कतिपय स्थानमा बढी आकाङ्क्षी हुँदा उमेद्वार छान्न पार्टीहरूलाई सकस परिरहेको पाइन्छ ।

यसैबिच नेकपा एमालेको बेलबारी नगरपालिकाबाट ११ वटा वडामध्ये ४ नं वडामा सर्वसम्मत वडा अध्यक्षको उमेद्वारी चयन गरेको छ । वडा अध्यक्षका लागि सुजित बस्नेतको नाम सहमति भएको नेकपा एमालेले जनाएको छ । सुजित नेकपा एमालेको सोही वडा कमिटीका अध्यक्षसमेत हुन् । यस अघि ४ नं वडामा ११ जना वडा अध्यक्षमा आकाङ्क्षी देखिएका थिए ।

साथै बेलबारी नगरपालिकाको प्रमुखमा सात जना आकाङ्क्षी देखिएका छन् । मेयरको दाबेदारमा हालका नगर प्रमुख ज्ञानेन्द्र सुवेदी, डी.पी राई, इरान राई, राजकुमार बस्नेत, प्रताप थापा, रविन थापा र प्रकाश राई गरी ७ जना रहेका छन् भने उपप्रमुखमा उषा राई, गीता सिवा, गंगा श्रेष्ठ, तिला कुमारी गौतम, सीता तामाङ, आरा कुमारी घिमिरे गरी ६ जना आकाङ्क्षी देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्