वडाअध्यक्ष कपको उपाधि सुन्दरहरैँचाको वडा नं १० लाई


सुन्दरहरैँचा, २४ चैत । सुन्दरहरैँचा ६ मा जारी वडाअध्यक्ष गोल्ड कपको उपाधि वडा नं १० ले चुमेको छ । बिहिवार सम्पन्न फाइनल खेलमा सहआयोजक टिम सिद्धार्थ युवा समाजलाई ० का विरुद्ध १ गोलले पछि पार्दै उपाधि जित्न सफल भएको हो ।

सुन्दरहरैँचा नगरपालिका वडा नं ६ मा रहेको सिद्धार्थ सामुदायिकको खेलमैदानमा चैत १३ गतेदेखि सुरु भएको प्रतियोगितामा १२ वटा टिमले सहभागिता जनाएका थिए । विजेताले ५० हजार नगदसहित शिल्ड पदक तथा प्रमाण पत्र पाएका छन् भने उपविजेताले ३० हजार नगदसहित शिल्ड तथा प्रमाण पत्र प्राप्त गरेका छन् ।

फाइन खेलमा सहआयोजक टिमका म्यान अफ द म्याच कर्ण लिम्बू घोषित भए भने म्यान अफ द टुरामेन्ट आयोजक टिमका सुदीप खड्का घोषित भए। विजयी टिमलाई सुन्दरहैँचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल उपप्रमुख धनमाया तामाङ, वडाअध्यक्ष जीवन राई र १० नं वडा अध्यक्ष राजेन्द्रबहादुर थापाले वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्