लेटाङ हत्या काण्डमा २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर


मोरङ, २२ चैत । मोरङको लेटाङमा भएको हत्या काण्डमा प्रहरीले २० जनाविरुद्ध कर्तव्य जान मुद्दा दायर गरेको छ । लामो समय पछिको अनुसन्धान पछि प्रहरीले मुद्दा दायर गरेको हो ।

साथै प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा थप ४३ विरुद्ध अभद्र व्यवहारमा म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । लेटाङ –५ खेरुवास्थित शिक्षा माध्यमिक विद्यालयका शिक्षकले कक्षा ६ मा अध्ययनरत एक बालिकालाई यौन दुर्व्यवहार गरेपछिको घटनाले उग्र रूप लिए पछि एक जना प्रहरी जवानले ज्यानसमेत गुमाउनु परेको थियो ।
बालिका माथि यौन दुर्व्यवहार गर्ने शिक्षक विजय पौडेललाई नियन्त्रणमा लिन पुगेको प्रहरी टोलीलाई उत्तेजित भीडले आक्रमण गर्दा प्रहरी जवान २६ वर्षीय उर्मिला श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो ।

हिंसा भड्किए पछि नियन्त्रणमा लिएर थप क्षति हुन नदिन जिल्ला प्रशासन कार्यालयले लेटाङमा चार दिन कर्फ्यु लगाएको थियो । प्रहरीले दायर गरेको ज्यान मुद्दा पर्नेमा अधिकांक्ष १८ वर्षदेखि लिएर २० वर्षबिचका रहेका छन् ।

मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले साताभित्रमा सम्पूर्ण अनुसन्धान पूरा गरेर मुद्दा अदालतलाई जिम्मा दिने तयारी भएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्