बेलबारी नगरपालिकाद्वारा खेलाडीलाई सम्मान


बेलबारी, १ चैत्र । बेलबारी नगरपालिकाले शारीरिक सुगठन प्रतियोगितामा विजयी खेलाडी मनोज सुवेदी, सञ्जीव मगर र निजन गिरीलाई सम्मान गरेको छ । बेलबारी नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा खेलाडी त्रयलाई सम्मान गरेको हो ।

बेलबारी –३ सुवेदी प्रदेशस्तरीय प्रतियोगिता मिस्टर कञ्चनजङ्घाको ६५ केजी तौलमा प्रथम तथा २०७७ मा नेपाल च्याम्पियन भएका थिए । बेलबारी –११ का सञ्जीव मगर ७० केजी तौलको प्रदेशस्तरीय प्रतियोगितामा दोस्रो भएका थिए । साथै उनी २०७५ मा मिस्टर मोरङ र मिस्टर ग्यालेक्सीबाट सम्मानित भएका छन् । बेलबारी –१ का निजन गिरीले ७० केजीभन्दा माथिको ह्याभि वेटमा चौथो स्थान हासिल गरेका छन् ।

खेलाडीलाई बेलबारी नगरपालिकाका प्रमुखले १ लाख नगदसहित दोसल्ला ओढाएर सम्मान गरेका छन् । साथै नगरपालिकाले प्रतियोगिताको संयोजनकारी भूमिका निभाउने गजेन्द्र गुरुङ र प्रशिक्षक प्रकाश राईलाई समेत सम्मान गरिएको छ ।

नगरप्रमुख सुवेदीले विजयी खेलाडीलाई सम्मान गर्न पाउँदा गर्व महसुस गरेको बताए । नगरप्रमुख सुवेदीले स्वास्थ्यसँग जोडेर नगरपालिकाले खुल्ला जिम कार्यक्रम ल्याएको बताउँदै खेलकुदको विकासमा नगरपालिका लागिरहेको पनि बताए ।

सम्मान कार्यक्रममा बेलबारी नगरपालिकाका शिक्षा शाखा प्रमुख एवम् कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र कोइराला, नगर प्रवक्ता योगेन्द्र सुवेदी, नगरपालिकाका विभिन्न सामाजिक शाखाका प्रमुख तथा कर्मचारी तथा खेल प्रेमीहरूको उपस्थिति रहेको थियो । साथै आजै ‘यारो फिटनेस’ले पनि उनीहरूलाई सम्मान गरेको छ ।

मनोज सुवेदी

सञ्जीव मगर

निजन गिरी

प्रतिक्रिया दिनुहोस्