सुन्दरहरैँचामा ‘बालविवाह र कानुनी परामर्श’ सम्बन्धी तीन दिने तालिम


सुन्दरहरैँचा, २५ फागुन । बालविवाह र त्यस सम्बन्धी कानुनी परामर्श दिने अभिप्रायले मोरङको सुन्दरहरैँचामा तीन दिने तालिम सम्पन्न भएको छ । मोरङको सुन्दरहरैँचा वडा नं ५ मा रहेको डिपुमा रहेको मुसहर समुदायमा बालविवाह र कानुनी परामर्श दिने अभिप्रायले उक्त तालिमको आयोजना गरिएको हो ।

दक्षिणा रिसर्च एण्ड ट्रेनिङ सेन्टर इटहरीको आयोजनामा सम्पन्न कार्यक्रममा नगरप्रमुख शिवप्रसाद ढकाल, उपप्रमुख धना तामाङ, वडा अध्यक्ष राम रिजाल, वडा सदस्य सङ्गीता सापकोटा, नगर बाल सञ्जालका अध्यक्ष मदन भण्डारी, सुनिश्चित भविष्यकी प्रशासकीय अधिकृत सन्जु सुवेदी लगायतको सहभागिता रहेको थियो ।

उक्त तालिमको महिला अधिकारकर्मी शोभा बजगाईँ, आयोजक संस्थाका सुनिता तिवारी हुमागाईँ, सुशीला सुवेदी, र जनता कलेज इटहरीका विमल नेपालले लगायतकाले सहजीकरण गरेका थिए ।

तालिममा करिब ४० जना किशोर तथा किशोरीको सहभागिता रहेको थियो । साथै सविना खातुनको अध्यक्षतामा ९ सदस्यीय किशोरी समूहको गठनसमेत गरिएको आयोजक संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्