महिला अधिकार मन्चको ‘महिला समानता तथा सशक्तीकरण सम्बन्धित प्रशिक्षण कार्यक्रम’ सम्पन्न


मोरङ, २४ फागुन । मोरङमा ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा ‘महिला समानता तथा सशक्तीकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम’ सम्पन्न भएको छ । राष्ट्रिय महिला अधिकार मञ्च जिल्ला समिति मोरङ र १ नं प्रदेश समितिको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

कानेपोखरी गाउँपालिका वडा नं ३ का अध्यक्ष कृतिमान लिम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महिला अधिकार मञ्च १ नं प्रदेश संयोजक सीता सुवेदी, संस्थाका जिल्ला सल्लाहकार रचना राई, शिक्षा निकेतन माविका प्रधानाध्यापक नारायण काफ्ले लगायतको सहभागिता रहेका थियो ।

उक्त कार्यक्रममा ३ जना अति विपन्न श्रमिक तथा मजदुरलाई नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । तालिमको सहजीकरण भने सामाजिक व्यक्तित्व रुद्र तामाङले गरेका थिए ।
संस्थाका अध्यक्ष कल्पना घिमिरेको अध्यक्षता सम्पन्न कार्यक्रमको सञ्चालन भने सदस्य देवीका चिमोरियाको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्