आर्मी र दार्जिलिङ फाइनलमा भिड्दै : चौथो अन्तर्राष्ट्रिय आमन्त्रण अमरदह ढल्के जोबन गोल्डकप


राजकुमार श्रेष्ठ –

सुनवर्षी , २४ फागुन । चौथो अन्तर्राष्ट्रिय आमन्त्रण अमरदह ढल्के जोबन गोल्डकपको फाइनल समीकरण पूरा भएको छ । वीरेन्द्र सार्वजनिक मा. विको खेल मैदानमा जारी प्रतियोगिताको फाइनल खेल आज मंगलबार, त्रिभुवन आर्मी फुटबल क्लब, काठमाडौँ विरुद्ध मानेभञ्ज्याङ फुटबल क्लब, दार्जिलिङ भारत बिच हुने छ ।

पहिलो सेमिफाइनल खेलमा मानेभञ्ज्याङ फुटबल क्लब, दार्जिलिङ भारतले बुद्धभुमि फुटबल क्लब, रुपन्देही लाई ३-२ गोलले पराजित गर्दै दार्जिलिङ फाइनल प्रवेश गरेको थियो । त्यस्तै दोस्रो सेमिफाइनल खेलमा पोखरा भेट्रान, कास्कीलाई त्रिभुवन आर्मी फुटबल क्लब, काठमाडौँले ४-० गोलले पराजित गर्दै मानेभञ्ज्याङ फुटबल क्लबसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

फागुन १३ गते देखी सुरु भएको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण अमरदह ढल्के जोबन गोल्डकपमा भारत, नेपाल र भुटानका विभिन्न १२ वटा टिमको सहभागिता रहेको थियो । आयोजकका अनुसार प्रतियोगिताका विजेताले ५ लाख ११ हजार तथा उपविजेताले २ लाख ५१ हजार नगदसहित मेडल, ट्रफी प्राप्त गर्ने छन ।

आजको फाइनल खेल दिनको ठिक २:३० बजे सुरु हुने अमरदह ढल्के जोबन युवा क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्