विराटनगरमा नेवाः देय् दबुको -याली, चार जना सम्मानित (फोटो फिचर)


विराटनगर, ९ कार्तिक / नेवाः देय् दबु जिल्ला समिति मोरङले नेपाल सम्वत ११४० तथा शुभ दीपावलीको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।
नेवाः देय् दबुले विराटनगरमा शनिवार झीः पुच भवनमा नेपाल सम्वत तथा दिपावालीको अवसरमा विविध कार्यक्रम आयोजना गरी मनाएको हो ।

नेवाः देय् दबु जिल्ला समितिको अगुवाइमा झिःपुच भवनबाट निकालिएको वृहत् -याली ले महानगरको विभिन्न भाग परिक्रमा गरी सोही ठाउँमा आएर विभिन्न कार्यक्रमको सुरुवात गरेको थियो । -यालीमा नेवार समुदायहरूको सांस्कृतिक नृत्य, लाखे नाच, दिने बाजागाजासहित युवा युवतीहरूको सहभागिता रहेको थियो ।

-यालीपछि आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा चार जनालाई सम्मानित गरेको थियो । विभिन्न क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सुन्दरहरैचा नगरपालिका १२ का देवेन्द्र कुमार मास्के, विराटनगर – १० का शुदर्शनबहादुर श्रेष्ठ, डा. विमला श्रेष्ठ र मिना जोशीलाई सम्मान गरेको हो । उनीहरूलाई कदर पत्र र दोसल्ला ओढाएका विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली तथा नेवाः देय् दवु मोरङका अध्यक्ष सुरेश श्रेष्ठले सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिका प्रमुख पराजुलीले यस्ता पर्वहरूले भाइचारा कायम गरी सांस्कृतिक अन्तरघुलनमा ठुलो सहयोग पु¥याउने बताए । कार्यक्रममा नेवाः देय् दबू केन्द्रीय समितिका कार्यभाव अध्यक्ष चन्द्रलाल राजभण्डारी, उपाध्यक्ष तथा प्रदेश १ इन्चार्ज कृष्ण उदास, नेवाः देय् दबूका संस्थापक अभियन्ता तारेन्द्रमानसिंह प्रधान, केन्द्रीय सदस्यहरू अनिल मास्के, लक्ष्मी शाक्य, जयक’मार श्रेष्ठलगायतले आफ्नो जातीय संस्कृतिको संरक्षणमा लागि पनर्’पर्नेमा जोड दिए ।

उक्त कार्यक्रममा नेवाः देय् दबुमा आबद्ध भएका मोरङ जिल्लाभरिका नेवार साम’दायहरूको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्