बेलबारीमा दुई महिने ढाका कपडा बुनाइ तालिम


बेलबारी, १८ फागुन । मोरङको बेलबारीमा महिलालाई स्वावलम्बी बनाउने अभिप्रायले दुई महिने ढाका कपडा बुनाइ तालिम सञ्चालन गरिएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम MEDEPA अन्तरगत रहेर नगरपालिकाले आयोजना गरेको कार्यक्रमको आज एक कार्यक्रमबिच नगरप्रमुख ज्ञानेन्द्र सुवेदीले उद्घाटन गरेका छन् ।

तालिमको उद्घाटन गर्दै नगरप्रमुख नगरप्रमुख सुवेदीले तालिमलाई औपचारिकतामा मात्र सीमित नराखी तालिमलाई व्यवहारमुखी बनाउन आग्रह गरे । नगरप्रमुख सुवेदीले तालिम मानिसका लागि जीवन जिउन सहयोगी हुने बताउँदै सिकेका कुरालाई व्यवहारमा उतार्न सकेमा मात्र तालिमले सार्थकता पाउने बताए । साथै नगरप्रमुख सुवेदीले आफूहरू नगरवासीलाई उद्यमी बनाउने क्रममा रहेको बताए । उक्त कार्यक्रममा नगर प्रवक्ता योगेन्द्र सुवेदी, बेलबारी नगरपालिकाका वडा नं ९ का अध्यक्ष नगेन्द्र खड्का, तालिम प्रशिक्षक बविता राई लगायतकाले सहभागीलाई तालिमलाई फलदायी बनाउन आग्रह गरेका थिए ।

दुई महिनासम्म चल्ने तालिममा १६ जना महिलाहरुको सहभागिता रहेको बेलबारी नगरपालिकाका उद्यम विकास सहजकर्ता रमेश अधिकारीले बताएका छन् । उक्त कार्यक्रममा वडा सदस्यहरू तिर्थराज ढकाल, गोपाल धिमाल, मनकुमारी उपरकोटी, हिरावती राजवंशी र वडा सचिव इन्दिरा भण्डारी लगायतको सहभागिता रहेको थियो । तालिमको सहजीकरण भने प्रशिक्षक बबिता राईको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्