काठमाडौँ, ११ फागुन । सरकारले नयाँ बानेश्वरस्थित संसद् भवनको पर्खालमा काँडे तार लगाइएको छ । एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारीबाट हुनसक्ने सम्भावित घटनाको पूर्व तयारीका लागि संसद् भवनको पर्खालमा काँडे तार लगाइएको हो ।
संसदमा एमसीसी टेबल गरिएपछि त्यसको विरोधमा प्रदर्शनकारीले विरोध गर्दै आएका छन् । एमसीसीका कारण नयाँ बानेश्वर क्षेत्र रणभूमिजस्तै बन्न पुगेको छ । बानेश्वर क्षेत्रमा विभिन्न राजनीतिक पार्टीहरूले प्रदर्शनको तयारी गरिरहेका छन् । त्यही सम्भावित घटना हुन नदिन काँडे तार लगाइएको बताइएको छ ।
फागुन १२ गते संसद् बैठक बस्दै छ । १२ गतेको संसद् बैठक एमसीसीलाई प्रक्रियामा लैजाने कार्यक्रम रहेको छ ।