प्रधान मन्त्री देउवा र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता 


काठमाडौँ, १० फागुन । प्रधान मन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । पूर्व प्रधानमन्त्रीसमेत रहेका ओली देउवासँग भेटवार्ता गर्न बालुवाटार पुगेका हुन् ।

संसदमा एमसीसी टेबल भएपछि सत्तारुढ दलबिच असमझदारी पैदा भएको छ । काँग्रेस जसरी पनि एमसीसी पाग गराउने दाउमा छ भने अन्यदलहरु भने परिमार्जन गरेर मात्र एमसीसी पास हुनु पर्ने अडानमा छ ।

सरकारमा सहभागी अन्य दलको सहमतिविनै सरकारले आइतवारको संसद् बैठकमा सम्झौता टेबल गरेको छ । यसमा रहेका केही बुँदाहरूको विषयलाई लिएर जनस्तरमा व्यापक रूपमा बहस भइरहेको छ । जनता भने ती बुँदा परिमार्जन नगरी पास गर्नु नहुने अडानमा रहेका देखिन्छन् ।

संसदमा एमसीसी टेबल भएपछि प्रधानमन्त्री देउवा र ओलीबिच पहिलो पटक छलफल हुन लागेको हो । एमसीसीका कारण सत्तारुढ दलबिच खटपट पैदा भएको बेलामा ओली र देउवाबिच भएको भेटवार्तालाई महत्त्वका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्