बेलबारीमा पहिलो पटक अन्तराष्ट्रिय स्तरको कराते प्रतियोगिता हुने


मोरङ, ७ कात्तिक । मोरङको बेलबारीमा पहिलो पटक नोबेल अन्र्तराष्ट्रिय कराते प्रतियोगिता हुँने भएको छ । बेलबारी नगर सितोरियो कराते सङ्घले आगामी मङ्सिर ६ देखि ८ गतेसम्म तीन दिने प्रतियोगिता हुन गइरहेको हो ।

मोरङ जिल्लामै पहिलो पटक हुँन लागेको अन्र्तराष्ट्रिय स्तरको प्रतियोगितामा नेपालसहित ८ देशका करिब ६ सय खेलाडी सहभागी हुँने बेलबारी नगर सितोरियो कराते सङ्घका सदस्य सचिव एवं प्रमुख प्रशिक्षक कुन्ती गुरुङले जानकारी दिइन् ।

प्रतियोगिताको उपाधिका लागि नेपाल, भारत, श्रीलङ्का, बङ्गलादेश, भुटान, पाकिस्तान, मलेसिया र इराकका खेलाडीबिच प्रतिस्पर्धा हुनेछ । विजेताले १ लाख, उप–विजेताले ७५ हजार र तृृतियले ५० हजार नगद पुरस्कार पाउँनेछन् ।

यसैबिच प्रतियोगितालाई विराटनगर स्थित नोबेल शिक्षण अस्पतालले मुख्य प्रायोजन गर्ने भएको छ । प्रतियोगिता प्रायोजनका विषयमा आज सम्झौता पत्रमा हस्ताक्षर भएको हो । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्मा र बेलबारी नगर सितोरियो कराते सङ्घका अध्यक्ष सञ्जय सुवेदीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सोही अवसरमा बोल्दै नोबेल अस्पतालका सञ्चालक डा.शर्माले खेलकुद क्षेत्रको विकासको लागि नोबेलले सहयोग गरेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्