डाँगीहाट सेमिफाइनलमा प्रवेश : क्लवस्तरीय खुल्ला नक आउट फुटबल


बेलबारी, मोरङ / बेलबारीको वाड नं. २ बागदेवी खेलमैदानमा जारी क्लवस्तरीय खुल्ला नक आउट फुटबल प्रतियोगिताको आइतबार भएको खेलमा डाँगीहाट फुटबल कल्व सेमिफाइनलमा प्रवेश गरेको छ ।

तेस्रो दिनको खेलमा हरैंचा स्पोटिङ क्लब सुन्दरहरैंचालाई १–० गोलअन्तरले हराउँदै डाँगीहाट फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।

डाँगीहाट फुटबल क्लबको तर्फबाट जर्सी नं. ११ का खेलाडी सन्तोष मगरले गोल गरेका थिए । मगरले खेल सुरु भएको १ मिनेटमै गोल गरेका थिए । हरैंचा स्पोटिङ क्लबले अवसरहरू प्राप्त गरेता पनि गोल भने गर्न सकेन ।

खेलको म्यान अफ द म्याच सन्तोष मगर नै घोषित भए । सोमबार हुने खेलमा बेलबारी स्पोटि क्लब र लेटाङ स्पोटिङ क्लबबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता टिमले रु ५१ हजार, ट्रफि तथा प्रमाण पत्र र उपविजेताले रु ३१ हजार, ट्रफि तथा प्रमाण पत्र प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्