धादिङमा पहिरोमा परेर डोजरसहित तीन जना बेपत्ता


धादिङ, २९ पौष । धादिङमा पहिरोमा परेर डोजरसहित तीन जना बेपता भएका छन् । धादिङको रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज (बिहीबार) बिहान पहिरो खस्दा तीन जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राकेश सिंहले बिहान साढे आठ बजे पहिरोमा परी तीन जना पुरिएको खबर आएको र उद्धारको लागि प्रहरी टोली परिचालन गरिएको जानकारी दिए ।

एसपी सिंहले डोजर चालक, सहचालक र बाटो समितिका एक जना पुरिएको बताएका छन् । विस्तृत विवरण भने आइसकेको प्रहरीले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्