एमाले भोजपुरको अध्यक्षमा शरण राई


भोजपुर, २६ पौष । नेकपा एमाले भोजपुरको अध्यक्षमा शरण राई सर्वसम्मत रूपमा चयन भएका छन् । पौष २३ गते सुरु भएको पार्टीको जिल्ला अधिवेशनबाट राई जिल्ला कमिटीको अध्यक्षतामा सर्वसम्मत रूपमा चुनिन सफल भएका हुन् ।  

अधिवेशनबाट उपाध्यक्षमा मकर खड्का र सचिवमा किरण राई, सहसचिवमा ध्यानबहादुर राउत र धर्म किराती चयन भएका छन् ।अध्यक्षसहित सबै नेतृत्व सर्वसम्मत चयन भएको नेकपा एमाले भोजपुरले जनाएको छ ।

अध्यक्षमा शरण राई र हालका उपाध्यक्ष मकर खड्काबिच सहमति नहुँदा कमिटी चयनमा केही ढिला भएको थियो । अन्ततः अध्यक्षका आकाङ्क्षीले खड्काले उपाध्यक्षमा बस्ने सहमति जनाएसँगै सहमतिमै पदाधिकारी चयन गर्न सम्भव भएको नेकपा एमाले भोजपुरले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्