स्वास्थ्य जाँच गराउन प्रधानमन्त्री ओलीको ग्राण्डीमा दिन कट्यो


२ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरमा उपचार गराएर फर्किएपछि पहिलो पटक ग्राण्डी अस्पतालमा स्वास्थ्य जाँच गराएका छन् ।

शुक्रवार बिहान करिब ९ बजेतिर धापासीस्थित अस्पताल पुगेका प्रधानमन्त्री ओली साँझ मात्र फर्किएका हुन् । प्रधानमन्त्री ओली ९१५ रुममा बसेका थिए । प्रधानमन्त्री ओलीको फलोअप रहेको अस्पतालबाट बुझिएको छ ।

भदौ २० गते उपचार गरेर सिंगापुरबाट स्वदेश फर्किएका प्रधानमन्त्री ओलीको सिंगापुरमा प्लाज्मा फेरिसस उपचार विधिबाट मिर्गौलाको एन्टीबडी हटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्