नयाँ नेतृत्व चयन गर्दै माओवादी केन्द्रको महाधिवेशन आज समापन हुने, अध्यक्षमा भने प्रचण्ड आउनेमा पक्कापक्की जस्तै


काठमाडौँ, १७ पौष । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन नयाँ नेतृत्व चय नगर्दै आज (शनिवार) समाप्त हुँदै छ । पौष ११ गते काठमाडौँमा जारी महादिवेसन आज शनिवार नयाँ नेतृत्व चयन गरेर सकिने कार्यक्रम रहेको छ । 

शनिवारको बन्द सत्रमा स्थायी कमिटी सदस्य देव गुरुङले विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने र त्यसपछि विधान संशोधन प्रस्ताव पारित गरेर निर्वाचन प्रक्रियामा जाने माओवादी केन्द्रले जनाएको छ । 

सहमतिमै नेतृत्व चयन गर्न लागेको माओवादीको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्ताव पारित भए पनि विधान भने पारित भएको थिएन । आज विधान पारित गर्ने र त्यस पछि निर्वाचनको कामलाई अगाडि बढाउने निर्वाचन आयोगले जानकारी दिएको छ ।

माओवादीले बहुपदीय अवधारणाअनुसार अगि बढ्ने अवधारणाका अगाडि सारेको छ । तर यस पटक पनि अध्यक्षमा भने प्रचण्ड नै दोहोरिने पक्कापक्की जस्तै छ । 

प्रतिक्रिया दिनुहोस्