लालभित्तीमा रहेको पन्चदीप सहकारीको दोस्रो वार्षिक साधारणसभा सम्पन्न


बेलबारी, १० पौष । बेलबारी २ लालभित्तीमा रहेको पन्चदीप बचत तथा ऋण सहकारीले आज एक कार्यक्रमकाबिच आफ्नो एकताको दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका ज्येष्ठ सदस्य रत्नप्रसाद लिम्बूले दोस्रो साधारण सभाको उद्घाटन गरेका थिए । 

उक्त कार्यक्रममा कार्यक्रममा जिल्ला बचत सङ्घ मोरङकी पार्वती बराल, समुत्थान कृषि सहकारीका अध्यक्ष डिल्लीराम ढकाल, बागदेवी सामुदायिक वनका उपाध्यक्ष रामचन्द्र भट्टराई, कलाकार संजीव धिमाल लगायताको उपस्थिति रहेको थियो । कार्यक्रममा सह–सचिव मनोज भण्डारीबाट संस्थाका प्रगति प्रतिवेदन, कोषाध्यक्ष भीमकुमारी मगरबाट आर्थिक प्रतिवेदन र संयोजक तीर्थबहादुर नेउपानेले लेखा तथा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत भएका थिए ।                                 

कार्यक्रममा जेष्ट सदस्य सम्मानबाट दुई जना सम्मानित भएका थिए भने उत्कृष्ट कारोबार गर्ने ४ जना सेयर सदस्यहरूलाई सम्मान गरिएको थियो । साथै वार्षिक परीक्षामा उत्कृष्ट अङ्क ल्याउने सेयर सदस्यका एक जना छोरा र छोरीलाई पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेमा श्री सिंहदेवी आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत छात्रा सुमित्रा उराउ र कबीर माविमा कक्षा १० मा अध्ययनरत छात्र समीर खड्का रहेका छन् । 

संस्थाका अध्यक्ष लक्ष्मण जङ्ग थापाको अध्यक्षतामा सम्पन्न साधारण सभामा कलाकार संजीव धिमालको साङ्गीतिक प्रस्तुतिसमेत रहेको थियो । लालभित्तीमा रहेका विभिन्न पाँच वटा सहकारी मर्ज भएर पन्चदीप सहकारीको निर्माण भएको हो ।  

प्रतिक्रिया दिनुहोस्