बेलबारीमा पाँच दिने उद्घोषण तालिम सम्पन्न


बेलबारी, ९ पौष । बेलबारीमा पाँदिने क्षमता विकास तथा उद्घोषण तालिम बिहिबार सम्पन्न भएको छ । श्रमिक महिला समूह बेलबारीको आयोजनामा बेलबारी १ मा रहेको उद्योग वाणिज्य सङ्घको सभा हलमा सञ्चालन भएको पाँच दिने तालिमको समापन गरिएको हो । 

बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्की प्रमुख अतिथि रहेको उक्त तालिम समापन कार्यक्रममा नगरपालिकाका लेखा अधिकृत धनमाया राई, नेकपा एमालेका बेलबारी अध्यक्ष ईरान राई, नेपाली काँग्रेस बेलबारीका सभापति छत्र लिम्बु, बेलबारी जेसिजका अध्यक्ष राजेन्द्र अधिकारी लगायतको उपस्थिति रहेको थियो । 

गत आइतबारदेखि सुरु भएर बिहिवार समापन भएको तालिममा विभिन्न ४० जना महिलाको सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष नीतु थापा कोइरालाले बताएकी छिन् । 

प्रतिक्रिया दिनुहोस्