विप्लव नेकपासहितका पार्टीद्वारा ‘एमसीए’ कार्यालय घेराउ


काठमाडौँ, २७ मङ्सिर । विप्लव नेतृत्वको नेकपासहित विभिन्न ६ राजनीतिक पार्टीहरूको मोर्चाहरूले एमसीए कार्यालय अघि प्रदर्शन गरेका छन् । एमसीसी सम्झौता खारेजीको माग गर्दै आज (सोमवार) दलीय मोर्चाले (एमसीए) कार्यालय अगाडि घेराउ गरेका हुन्  ।

अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष प्रकाश शाहीले संयुक्त राजनीतिक पार्टीको पूर्व घोषित कार्यक्रमअनुसार एमसीए कार्यालय घेराउ गरिएको बताएका छन् ।

एमसीए कार्यालय घेराउ गर्न नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र  बास्तोला कञ्चन, नेकपा (क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेललगायतले संयुक्त मोर्चामा आबद्ध विभिन्न राजनीतिक पार्टीका नेता कार्यकर्ताहरू पुगेका थिए ।

उनीहरूले ‘एमसीसी सम्झौता खारेज गर’, ‘गो ब्याक एमसीसी’, ‘देशभक्ति शक्तिहरू एक हौँ’ लगायतका नाराहरू लगाउँदै प्रदर्शनसहित एमसीए कार्यालय घेराउ गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस्