भारतीय सुन्दरी सन्धु बनिन् मिस युनिभर्स –२०२१


मोरङ, २७ मङ्सिर । भारतकी सुन्दरी हर्नाज सन्धुले मिस युनिभर्सको ताज जितेकी छिन् । आइतवार राति इजरायलको एयलाटमा सम्पन्न ७० औँ मिस युनिभर्सको अन्तिम प्रतिस्पर्धामा पाराग्वे र दक्षिण अफ्रिकालाई सुन्दरीलाई पछि पार्दै उनले मिस युनिभर्सको ताज जित्न सफल भएकी हुन् । सन्धु भारतको पञ्जाबकी प्रान्तकी हुन् ।

२१ वर्षिया सन्धुले सन् २०२० की मिस युनिभर्स एन्ड्रि मेजाबाट क्राउन पहिरिइन् । प्रतियोगितामा पाराग्वेकी नदिया फेरेरा र दक्षिण अफ्रिकाकी ललेला एमएसवाने फस्ट रनर अप भएका छन् । 

यस वर्षको मिस युनिभर्समा नेपालकी सुजिता बस्नेतले पनि सहभागिता जनाएकी थिइन् । तर बस्नेत भने अन्तिम १६ मासमेत पनि पर्न सकिनन् ।

प्रतिक्रिया दिनुहोस्