शैक्षिक सुधारका लागि बेलबारीको लक्ष्मीमाविमा श्रीमद्भागवत महापुराण


बेलबारी, २६ मङ्सिर । विद्यालयको शैक्षिक सुधारका लागि मोरङको बेलबारीमा श्रीमद्भागवत महापुराण सञ्चालन गरिएको छ । बेलबारी ११ लक्ष्मी मार्गमा रहेको श्री लक्ष्मी माध्यमिक विद्यालयले बस खरिद तथा ऐतिहासिक सङ्ग्रहालय निर्माणका लागि श्रीमद्भागवत महापुराण लगाएको हो । 

मङ्सिर १८ गते शनिवार उद्घाटन भएको पुराणको हिजो (शनिवार) समापन भएको छ । मयाघरका सञ्चालिका राधिका दासी मुख्य कथाबाचिका रहेको पुराणबाट ४५ लाख रुपैयाँ सङ्कलन भएको विद्यालयका प्रधानाध्यापक गोविन्द भण्डारीले जानकारी दिएका छन् ।   

लक्ष्मी माविलाई बेलबारीकै एउटा नमुना विद्यालयको रूपमा लिइन्छ । पछिल्लो समय प्रविधिमासमेत फड्को मारेको यस विद्यालयमा १ हजार ५५ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्