प्रजातन्त्रवादी नेतृ सुकीको जेल सजाय आधा घटाइयो


काठमाडौँ, २१ मङ्सिर । म्यानमारको सैनिक सरकारले प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको जेल सजाय घटाउने निर्णय गरेको छ । सोमबार म्यानमारको सरकारी एमआरटीभीले सुकीको जेल सजाय चार वर्षबाट आधा घटाएर दुई वर्षमा झारिएको बताएको छ ।

गत फेब्रुअरीमा सेनाले ‘कू’ गरेर सत्ता आफ्नो हातमा लिएसँगै नजरबन्दमा रहँदै आएकी नेतृ आङ साङ सुकीलाई म्यानमारको सैनिक अदालतले दुई फरक–फरक आरोपमा समान दुई÷दुई वर्षको जेल सजाय सुनाएको थियो ।

यसअघि पनि सैनिक सरकारले उनीविरुद्ध करिब एक दर्जन आरोपमा मुद्दा दायर गरेको थियो । तर सुकीले भने आफूमाथि लगाइएको सबै आरोप अस्वीकार गर्दै आएकी छिन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्