बेलबारीमा अन्तर स्कुल- कलेज कप –२०७८ हुने


बेलबारी, २० मङ्सिर । बेलबारी –८ राधानगरमा रहेको श्री सिंहदेवी  एकेडेमीले ‘बेलबारी अन्तर स्कुल कप -२०७८’ सञ्चालन गर्ने भएको छ । राधानगरमा आज (सोमवार) पत्रकार सम्मेलनको आयोजना गरेर आयोजकले सोको जानकारी गराएको हो । 

पत्रकार सम्मेलनमा खेल संयोजक लाखबहादुर गुरुङले मङ्सिर २१ गते उद्घाटन हुने प्रतियोगितामा बेलबारी नगरपालिकाभरिका विभिन्न १० वटा टिम सहभागी रहने बताए । एम्ब्रियो खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन भने बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । 

सात दिनसम्म चल्ने प्रतियोगिताको विजेता टिमले रु ३० हजार, ट्रफि र प्रमाण पत्र पाउने छन् भने उपविजेताले नगद २० हजार र ट्रफि तथा प्रमाण पत्र पाउने छन् । प्रतियोगितामा जिल्ला खेलकुद सङ्घको प्राविधिक सहयोग रहने सिंहदेवी एकेडेमीका प्रिन्सिपल रविन थापाले बताए ।        

प्रतिक्रिया दिनुहोस्