लोहन्द्रा खोलामा डुबेर एक जना ३ वर्षीय बालकको मृत्यु


मोरङ, १९ मङ्सिर । मोरङको जहदामा गाउँपालिका–७ स्थित लोहन्द्रा खोलामा डुबेर एक जना नाबालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा जहदामा गाउँपालिका–७ का दिलीप यादवका ३ वर्षीय छोरा रीतिकुमार साह रहेको मोरङ प्रहरीले जनाएको छ । 

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बालक रीतिकुमार घरदेखि लगभग ७ मिटर टाढा रहेको खोला छेउमा दाजु र साथीहरूसँग खेल्न गएको र खेल्ने क्रममा शुक्रवार साँझतिर खोलामा डुबेर मृत्यु भएको बताए । 

प्रहरीले घटनाका बारेमा अनुसन्धान भइरहेको बताएको छ । 

प्रतिक्रिया दिनुहोस्