ढुकुरे युवा परिवारले विकास बचाउ देउसीभैलो कार्यक्रमद्वारा रु.१ लाख २४ हजार हस्तान्तरण


बेलबारी, २३ कार्तिक । बेलबारी नगरपालिका वडा नं. १ निवासी क्यान्सरका बिरामी विकास गुरुङको उपचारको लागि एक युवा समूहले १ लाख २४ हजार ८ सय ५० रुपैयाँ हस्तान्तरण गरेको छ । बेलबारी १ को ढुकुरे युवा परिवारले सो रकम मंगलबार हस्तान्तरण गरेका हुन ।

तिहारमा विकास गुरुङ बचाउ अभियान सहयोगार्थ देउसी भैलो सांस्कृतिक कार्यक्रम गरेर उक्त रकम संकलन गरेको ढुकुरे युवा परिवारले जनाएको छ । उक्त रकम क्यान्सर पीडित विकासका मित्र सुदिप राई र कोशी नेपाल मिडियाका अध्यक्ष अर्जुन कुलुङ राईलाई हस्तान्तरण गरिएको छ । 

कार्यक्रमका संयोजक सुमन धिमालका अनुसार स्थानीय सांगेतिक समूहको सहयोगमा बेलबारीको विभिन्न ठाउँमा प्रस्तुति राखेका थिए । विशेष गरी बेलबारीको ३ स्थानमा कार्यक्रम राखिएको सुमनले जनाएको छ । 

सांगेतिक समूहमा विकास लिम्बु, समीर दुमी राई, सुरज गुरुङ, रोहन मास्के, सन्देश लाखे, सञ्जय लामिछाने गुरुङ, संजित राई, दीपेन्द्र धिमाल, साहिल राई, कुशल कार्की, करण गुरुङ, सानु धिमालको सहभागिता रहेको कार्यक्रमका व्यवस्थापक दुर्गा गुरुङले जनाएका छन् । 

३ दिन बेलबारी, १, ३ र ११ वडामा एक एक दिन कार्यक्रम सञ्चालन गरेको सह व्यवस्थापक शेखर थापाले बताए । आवश्यक परे पुन विकास बचाउन अभियानलाई निरन्तर गर्ने ढुकुरे युवा परिवारले जनाउँदै सक्ने सहयोग गर्न सबैलाई अपिल पनि गरेको छ । 

प्रतिक्रिया दिनुहोस्