महराको स्वास्थ्यमा समस्या : उपचारका लागि नर्भिक अस्पताल


काठमाडौँ, २३ असोज । हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई स्वास्थ्यमा समस्या आएपछि अस्पताल लगिएको छ । महरालाई नर्भिक अस्पताल पठाइएको प्रहरी स्रोतले जनाएको छ ।

उच्च रक्तचापकाको बिरामीको कारण महरालाई श्वासप्रश्वासमा समस्या आएको छ । महराको लागि अक्सिजनको व्यवस्था गरिनुको साथै उपचारका लागि एक जना चिकित्सक नै खटाइएको प्रहरी स्रोतले जनाएको छ ।

संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप महरा सोमबारदेखि हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस्