प्यारालाइसिस प्याकुरेलको मुहारमा दसैँको खुसी


धरान  /  दुर्घटनामा परी प्यारालाइसिस भएका मजदुर पुण्य प्याकुरेलको निवासमा नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन धरान नगर कमिटीले दसैँको अवसरमा शुभकामना आदान प्रदान गरेको छ । बुधवार शुक्ल एकादशीको दिन प्याकुरेलको निवासमा शुभकामना आदान प्रदान कार्यक्रम भएको हो ।

नेकपाका नेता तथा समाजसेवी प्रकाश राई, सङ्गठनका केन्द्रीय अध्यक्ष भिमज्वाला राई, सङ्गठनका प्रदेश सल्लाहकार रविन अधिकारी, नगर अध्यक्ष कमल भट्टराई, धरान खेलकुद विकास समितिका सदस्य विकाश चाम्लिङ लगायत प्याकुरेलको घर पुगेका थिए । शुभकामना आदान प्रदानले प्याकुरेलको मुहारमा हौसला, साहससँग खुसी देख्न पाइएको थियो ।

२०७२ सालमा सवारी दुर्घटनामा परी प्याकुरेलको कम्मर तल भाग प्यारालाइसिस भएको छ । आफन्तको घरमा बस्दै आएका प्याकुरेलले धरानका पत्रकारहरूको सहयोगमा आफ्नै घर पाएका छन् । २०७४ सालको तिहारमा धरानका पत्रकारहरूले देउसी कार्यक्रम बाट सुरु भएको प्याकुरेलको घर निर्माण अभियान विभिन्न दाताहरूले सहयोगमा करिब ४ महिनामा घर निर्माण सम्पन्न भएको थियो । २०७५ वैशाख देखि श्रीमती, एक छोरा, एक छोरीसँग बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्