नेत्री कोइरालाले विराटनगरमा आएर भनिन् ‘म काँग्रेस सभापतिमा लड्छु’


मोरङ, १५ कार्तिक । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवम् महिला नेत्री सुजाता कोइरालाले पार्टीको आगामी १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । पूर्व–उपप्रधानमन्त्रीसमेत रहेकी नेत्री आचार्यले विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उक्त कुरा बताएकी हुन् । 

आचार्यले कार्यकर्ताको महिला सभापति हुनुपर्ने माग एवं चाहनालाई ध्यानमा राखी सभापतिमा उम्मेदवारी दिनका लागि आफू पूर्वी नेपालको भ्रमणमा आएको जानकारी दिइन् । उनले स्व. गिरिजाप्रसाद कोइरालाले हरेक नयाँ घोषणाहरू मोरङबाटै गर्ने गरेको कार्यलाई निरन्तरता दिँदै आफू समापितमा उमेद्वारी दिने घोषणा मोरङबाटै गरिन् । 

केन्द्रीय सदस्य कोइरालाले आगामी निर्वाचनमा काँग्रेसले कसैसँग पनि तालमेल नगरी चुनाव लड्नु पर्ने बत्ताइन । 

प्रतिक्रिया दिनुहोस्