सर्वोच्चमा कालोपट्टी बाँधेर कानुन व्यवसायीको प्रदर्शन


काठमाडौँ, १४ कार्तिक । आज (आइतवार) सर्वोच्चमा कानुन व्यवसायीहरूले कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरूले सर्वोच्च परिसरमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन् ।

नेपा बार एसोसिएसनले आज बिहान १० बजेदेखि ११ बजेसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोधको कार्यक्रम गरिरहेको छ । कानुन व्यवसायीहरूले सर्वोच्चमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरे पछि सर्वोच्च अदालत प्रवेशमा कडाइ गरिएको छ । कर्मचारीहरूलाई पनि गेटमा परिचय पत्र देखाएर मात्र प्रवेश गर्न दिइएको छ ।


नेपाल बार एसोसिएसनले विरोधको कार्यक्रम १७ गतेसम्म दिनसम्म चल्ने जनाएको छ ।विवादमा मुछिएका प्रधानन्यायाधीश राणाले निकास दिनु पर्ने भन्दै सर्वोच्चका अरू न्यायाधीशहरूले पनि इजलासमा बस्न इन्कार गर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्