बेलबारी साहित्य विकास समितिको प्रविधिमैत्री साहित्यिक कार्यक्रमको १७ औँ शृङ्खला सम्पन्न


बेलबारी, १३ कार्तिक । बेलबारी साहित्य विकास समितिले प्रविधिमैत्री साहित्यिक कार्यक्रमको आफ्नो १७ औँ शृङ्खला सम्पन्न गरेको छ । शुक्रवार साँझ ८ बजे सुरु भएर १०ः३० सम्म चलेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सुभद्रा भट्टराई प्रमुख अतिथि रहेकी थिइन् ।

उक्त कार्यक्रममा समालोचक खेमराज पोखरेल, ललिता दोषी, केशु विरही, डम्बर सानु सिवा पहाडी, खगेन्द्रप्रसाद बस्याल, लक्ष्मीप्रसाद मिश्र, आर्त अकुलीन्, हिमाल अमइ, उमा सिजापति, दुर्गा नेपाली लगायत २ दर्जन जति स्रष्टाहरूको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा बेलबारीकी स्रष्टा उमा सिजापतिको हालसालै प्रकाशित लघुकथा सङ्ग्रह ‘परी’को परिचर्चा भएको थियो । समालोचक खेमराज पोखरेलले सङ्ग्रह भित्रका कथा तथा कथाकार सिजापतिका लघुकथागत प्रवृत्तिका बारेमासमेत प्रस्ट पारेका थिए ।  

कार्यक्रम बेलबारी साहित्य विकास समितिकी अध्यक्ष तीला लेकालीको अध्यक्षता तथा सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्