आजको खेल नेपाल र भारतबिच हुँदै


बेलबारी, १२ कार्तिक । बेलबारी जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्ड कप २०७८ को दोस्रो दिनको खेल सशस्त्र प्रहरी बल काठमाडौँ र आयुक्त परिवार वेस्ट बङ्गालबिच हुने छ । भारतको वेस्ट बङ्गालको टिम र सशस्त्र प्रहरी बल काठमाडौँ बिच हुने हुँदा आजको खेलाई नेपाल र भारतबिचको प्रतिपर्धाको रूपमा लिइएको हो छ । तसर्थ आजको खेललाई भने विशेष महत्वकासाथ हेरिएको आयोजकले जनाएको छ ।                              

खेलकुदका माध्यमबाट आफ्नो स्थानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अभिप्रायका साथ बेलबारीमा सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्ड कप २०७८ को हिजो (बिहीवार) को उद्घाटन खेलमा च्यासल क्लब काठमाडौँलाई हराउँदै रोलिङ क्लब झापाले विजय हासिल गरेको थियो                                                 

बेलबारी ११ मा रहेको लक्ष्मी खेलमैदानमा हिजो (बिहीवार) भएको पहिलो खेलमा च्यासल क्लब काठमाडौँलाई ४ का विरुद्ध ५ गोल प्रहार गर्दै रोलिङ क्लब झापा विजयी भएको थियो ।  १७ गतेसम्म चल्ने प्रतियोगितामा मोरङ, धनकुटा, उदयपुर, झापा गरी विभिन्न ८ वटा टिमले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा विजेता टिमले ५ लाख  र उपविजेताले २ लाख ५० हजार शिल्ड तथा प्रमाण पत्र पाउने छन् । प्रत्येक खेलका म्यान अफ म्याचलाई जनही ५ हजार ५ उपलब्ध गराइने पनि आयोजक समिति डाँगीहाट यूथ क्लबका अध्यक्ष विक्रम राईले बताएका छन् ।

प्रतियोगितालाई सभ्य र भव्य बनाउन विभिन्न उपसमितिहरूको गठन गरिएको खेल संयोजक भाइकुमार गुरुङ बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्