जिपी कोइराला पत्रकारिता पुरस्कारबाट मोरङका ३ जना पत्रकार पुरस्कृत


बेलबारी, ११ कार्तिक । नेपाल प्रेस युनियन मोरङले हरेक वर्ष प्रदान गर्दै आएको गिरिजा प्रसाद कोइराला पत्रकारिता पुरस्कारबाट मोरङका तीन जना पत्रकार पुरस्कृत हुने भएका छन् । पुरस्कृत हुनेहरूमा शेखर रेग्मी, कुमोद अधिकारी र दिनेश गिरी रहेको प्रेस युनियन मोरङले जनाएको छ । 

प्रेस युनियन जिल्ला अध्यक्ष भोजराज बस्नेतले अनुसार पुरस्कृत तीन जनालाई बेलबारी नगरपालिकामा रहेको तमु बुद्धिस्ट गुम्बाको सभा हलमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा नेपाल सरकारका रक्षा मन्त्री मिनेन्द्र रिजालको उपस्थितिमा प्रदान गरिने जनाइएका छन् । 

कार्तिक १७ गते तिहारको अवसर पारेर प्रदान गरिन लागिएको पुरस्कारबाट नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष शेखर रेग्मी, प्रेस युनियनका मोरङका पूर्व अध्यक्ष कुमोद अधिकारी र प्रेस युनियनका मोरङ पूर्व कोषाध्यक्ष दिनेश गिरी पुरस्कृत हुन लागेका छन् । पुरस्कारको राशि जनही नगद १५ हजार रहेको छ । 

प्रतिक्रिया दिनुहोस्