सिद्धार्थनगरमा राष्ट्र बैङ्कले गरे २ अर्व बराबरको नयाँ नोट वितरण


बुटवल, २० असोज । नेपाल राष्ट्र बैङ्कको भैरहवा, सिद्धार्थनगरस्थित प्रादेशिक कार्यालयले दसैँलाई लक्षित गर्दै करिब २ अर्व रुपैयाँ बराबरको नयाँ नोट वितरण गरेको छ ।

प्रादेशिक कार्यालयका निर्देशक राजेन्द्र भट्टराईका अनुसार सिद्धार्थनगर कार्यालय अन्तर्गत पर्ने ९ जिल्लामध्ये भैरहवामा राष्ट्र बैङ्क स्वयम्ले र अन्य ८ जिल्लामा राष्ट्र बैङ्कबाट नोट कोष सुविधा लिएका सरकारी स्वामित्वका बैङ्कहरूका शाखाबाट नयाँ नोट वितरण भएको छ ।

राष्ट्रिय वाणिज्य बैङ्कमार्फत कपिलवस्तु, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासीमा र नेपाल बैङ्कमार्फत रोल्पा, प्युठान र पूर्वी रुकुममा नयाँ नोट साटिएको निर्देशक भट्टराईले बताए ।

नयाँ नोटलाई कसरी सुरक्षित र केरमेटरहित बनाउने भन्ने विषयमा पनि सेवाग्राहीलाई जानकारी गराइएको उनले बताए ।
भैरहवामा पनि एक सय, पचास, बिस, दश र पाँच दरका एक एक बण्डल नोट गरी करिब ८ हजार ५ सय जनाले नयाँ नोट साटेको राष्ट्र बैकका सहायक निर्देशक रमेश न्यौपानेले बताए ।

असोज १० गतेदेखि १७ गतेसम्म राष्ट्र बैक सिद्धार्थनगरले सर्वसाधारणलाई नयाँ नोट वितरणको व्यवस्था गरेको भए पनि बैङ्क तथा वित्तीय संस्थाहरूलाई भने त्यसअघि देखी नै नोट वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्