एमाले सुन्दरहरैँचाको अध्यक्षमा मातृका प्रसाद ढकाल निर्विरोध रूपमा चयन


बेलबारी, १० कार्तिक । नेकपा एमाले सुन्दरहरैँचाको अध्यक्षमा मातृका प्रसाद ढकाल सर्वसम्मत रूपमा चयन भएका छन् । मङ्गलवार सम्पन्न नगर अधिवेशनमा ढकालको नेतृत्वमा सर्वसम्मत रूपमा पुरै कमिटी चयन भएको नगर अधिवेशन आयोजक कमिटीले जनाएको छ । 

नवगठित नगर कमिटीका उपाध्यक्षमा अकली देवी चौधरी, सचिवमा सन्तोष घिमिरे, उपसचिव डिल्लीप्रसाद ढकाल र डिल्लीप्रसाद लुइँटेल चयन भएका छन् । सुन्दरहरैँचा ९ मा रहेको जेसिस भवनमा सम्पन्न अधिवेशनको उद्घाटन पूर्व मन्त्री एवम् प्रतिनिधिसभा सांसद लालबाबु पण्डितले गरेका थिए । 

उक्त कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटी सदस्यहरू हरि घिमिरे, केदार गुरागाईँ, सुरेन्द्रबहादुर थापा, अर्जुन अधिकारी, नागेश पोखरेल, प्रदेश कमिटी सदस्य तथा प्रदेशसभा सांसद राजकुमार ओझा, प्रदेश कमिटी सदस्य एवम् सुन्दरहरैँचा नगरपालिकाका उपप्रमुख धना तामाङ लगायतको सहभागिता रहेको थियो । 

सुन्दरहरैँचामा रहेका १२ वटै वडा र नगर गरेर ४१७५ जना प्रतिनिधि रहेका नव गठित कमिटीका सचिव सन्तोष घिमिरेले जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्