एमाले केराबारीको अध्यक्षमा पूर्ण मगर निर्विरोध रूपमा चयन


बेलबारी, ९ कार्तिक । नेकपा एमाले केराबारीको अध्यक्षमा पूर्ण मगर सर्वसम्मत रूपमा चयन भएका छन् । मङ्गलवार सम्पन्न गाउँपालिकाको अधिवेशनमा मगरको नेतृत्वमा सर्वसम्मत रूपमा पुरै कमिटी चयन भएको पालिकाअधिवेशन आयोजक कमिटीले जनाएको छ । 

नवगठित कमिटीका उपाध्यक्षमा राकेश राई, सचिवमा भीम कार्की, उपसचिव खुल्लामा शरण मगर र महिलातर्फ कविता राई चयन भएका छन् । केराबारी ३ मा रहेको हिमचुली सामूदायिक वनको सभा हलमा सम्पन्न अधिवेशनको उद्घाटन मोरङ क्षेत्र नं १ मा प्रतिनिधिसभा सांसद घनश्याम खतिवडाले गरेका थिए ।

उक्त कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटी सदस्यहरू खड्गबहादुर बस्नेत, टेकबहादुर लिम्बू र डिल्ली शर्मा, प्रदेश कमिटी सदस्य एवम् केराबारी गाउँपालिकाकी उपाध्यक्ष शान्ति कुमारी लिम्बू भुजेल लगायतको सहभागिता रहेको थियो । 

केराबारीमा १० वटा वडा पालिका गरेर १३७ जना प्रतिनिधि रहेका नव गठित कमिटीका सचिव भीम कार्कीले जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्