नवरात्र दुर्गा पूजाको आर्थिक विवरण सार्वजनिक


बेलबारी, २० असोज  /  बेलबारीमा जारी सामूहिक नवरात्र दुर्गा पूजाको आर्थिक विवरण दुर्गा पूजा व्यवस्थापन समितिले सार्वजनिक गरेको छ । सोमबार पत्रकार सम्मेलन गरेर पूजाको ६ दिने आर्थिक विवरण सार्वजनिक गरेको हो ।

असोज १२ गते देखी सुरु भएको पूजामा अहिले सम्म रु.२ लाख ७० हजार ५ सय सङ्कलन भई सकेको छ भने आइतबार सम्म १ लाख १६ हजार खर्च भएको आयोजकले जनाको छ । पूजामा भक्तजनहरूले आर्थिक रकम प्रदान गर्न भने रोकिएको छैन । पूजा भोलि विजयादशमीको दिन सम्पन्न हुने आयोजकले जनाएका छन् ।

बेलबारी ३ का वडा अध्यक्ष योगेन्द्र सुबेदीले कुनै पनि चाडपर्व तथा पूजा सामूहिक मनाउने संस्कार हराउँदै गएको बेला दसैँको बेला भएको नवरात्र दुर्गा पूजाले समुहिक्ता र एकताको भावना सृजना गरेको बताए । यस पूजालाई भावी दिनमा पनि निरन्तरता दिन सुझाव सुबेदीले दिएका छन् ।

नवरात्र पूजा, दुर्गा पूजा व्यवस्थापन समिति बेलबारीका अध्यक्ष सरस्वती थापाको अध्यक्ष भएको हो ।

https://youtu.be/Dx9rl_-VEM8

प्रतिक्रिया दिनुहोस्