प्रदेशसभा बैठक कार्तिक १५ गतेसम्मका लागि स्थगित


मोरङ, ७ कार्तिक । प्रदेश–१ को प्रदेशसभा बैठक कार्तिक १५ गतेसम्मको लागि स्थगित भएको छ । नेपाली काँग्रेस र नेकपा एमालेले बैठक स्थगित गर्न निवेदन दिएसँगै प्रदेश सभाकाको बैठक १५ गतेसम्मका लागि स्थगित भएको हो । 

आज प्रदेशसभा बैठकबाट मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत लिने दिन तय भएको थियो । मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मत लिने प्रयोजनका लागि बैठकको आह्वान गरिएको थियो । तर सूचना नै टाँस गरेर एक हप्तालाई बैठक स्थगित गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्