मोटरसाइकले ठक्कर दिँदा लेटाङमा एक जना महिलाको मृत्यु


लेटाङ, ७ कार्तिक । मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जना महिलाको निधन भएको छ । दुर्घटनामा परी निधन हुनेमा लेटाङ नगरपालिका वडा नम्बर ९ की अम्बिका ढकाल रहेको प्रहरीले जनाएको छ । 

अस्थायी प्रहरी चौकी लेटाङका प्रमुख चूडामणि भट्ट्रराईले आइतवार बिहान लेटाङ नगरपालिका वडा नम्बर ९ का समीर श्रेष्ठले चलाएको मे ८ प १९२६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते बनेकी ढकालको उपचारका लागि विराटनगर लादै गर्दा बाटैमा मृत्यु भएको बताएका छन् ।

चालक र ठक्कर दिने मोटरसाइकल प्रहरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको सब पोस्टमार्टमका लागि कोसी अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्