चिनमा बालबालिकाले खराब बानी–व्यवहार अपनाए बाबु–आमालाई सजाय दिने नीति बन्दै


काठमाडौँ, ७ कार्तिक । चीनले खराब बानी व्यवहार प्रदर्शन गर्ने बालबालिकाका आमा बाबुलाई सजाय दिने नीति अख्तियार गर्ने भएको छ । चिनमा प्रस्तावित एउटा नयाँ कानुन अनुसार ‘एकदमै खराब बानी व्यवहार’ प्रदर्शन गर्ने वा अपराध गर्ने बालबालिकाको अभिभावकले सजाय पाउन सक्ने छन् ।

परिवार शिक्षा प्रवर्द्धन कानुनको मस्यौदामा यदि अभियोक्ताले बालबालिकामा एकदमै खराब वा आपराधिक व्यवहार पाएमा ती बालबालिकालाई हेरचाह गर्ने अभिभावकलाई सजाय हुने व्यवस्था गरिएको छ । नेशनल पिपल्स काँग्रेसका (एनसीपी) को विधान मामिला आयोगका प्रवक्ता जाङ टिवाइले किशोर किशोरीहरूले खराब व्यवहार गर्ने थुप्रै कारणहरू रहेको बताउँदै परिवार शिक्षाको अभाव वा अनुपयुक्त परिवार शिक्षा नै बालबालिका  अपराधीकरणको बाटोमा प्रवेश गर्ने बताए । 

यसै हप्ता एनसीपी स्थायी कमिटीमा समीक्षा गरिने प्रस्तावित परिवार शिक्षा प्रवर्द्धन कानुनले आफ्ना बालबालिका आराम गर्ने, खेल्ने र गृहकार्य गर्ने समय मिलाउन अभिभावकलाई सुझाएको छ । सीएनएन

प्रतिक्रिया दिनुहोस्