एमाले बेलबारीको ६ नं वडामा पुष्कर शर्मा


बेलबारी, ६ कार्तिक । नेकपा एमालेको आज सम्पन्न वडा अधिवेशनबाट बेलबारी नगरपालिका वडा नं ६ मा पुष्कर शर्मा निर्विरोध निर्वाचित भएका छन् । 

आज सम्पन्न अधिवेशनबाट शर्मा निर्विरोध निर्विरोध रूपमा निर्वाचित भएको वडा अध्यक्ष उदयबहादुर राईले जानकारी दिएका छन् ।  उपाध्यक्षमा पूर्ण राज राई, सचिवमा स्वरूप श्रेष्ठ, सह सचिवमा मुकेश मण्डल र धनमाया बिक निर्वाचित भएका छन् । 

आज ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट अधिवेशनको एकमुष्ट रूपमा उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्