शनिवार देशैभर एमालेको वडा अधिवेशन हुँदै


बेलबारी, ५ कार्तिक । नेकपा एमालेको भोलि (शनिवार) देशैभर वडा अन्तरगतको अधिवेशन हुँदै छ । यसै अन्तरगत बेलबारी नगरपालिकाका ११ वटै वडाको अधिवेशनको तयारी पुरा भएको नेकपा एमाले नगर कमिटी बेलबारीले जनाएको छ । 

नेकपा एमाले जिल्ला कमिटी सदस्य रविन थापाले भोलि हुने पार्टीको वडा अधिवेशनको तयारी पुरा भएको बताएका छन् । भोलि ११ बजेका लागि तोकिएको अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव गरी ३१ सदस्सीय वडा कमिटीको चयन गर्ने छन् । भने वडाबाट निर्वाचित भएर गएका सदस्यले नगर कमिटीको गठन गर्ने छन् ।

एमालेको विधानतः वडा कमिटी ३१ सदस्य रहने छ भने नगर कमिटी भने ७५ सदस्सीय रहने छ । नगर अधिवेशन भने कार्तिक ९ गते तोकिएको छ ।  नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म बुटवलमा गर्ने कार्यतालिका तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्