१ नं प्रदेशसहित केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने भन्दै सतर्क रहन मौसम विभागको आग्रह


काठमाडौँ, ५ कातिक । आज पनि १ नं प्रदेशसहित बाँकी दुई प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन विभागले आग्रह गरेको छ । देशका विभिन्न भू–भागमा वर्षाको सम्भावना रहेको भन्दै मौसम विदले सजग रहन आग्रह गरेका हुन् । 

मौसम पूर्वानुमान विभागले आज बिहानैबाट प्रदेश–१ र वाग्मती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको बताएको छ । दिउँसो प्रदेश–१, प्रदेश–२, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली हुने भएको छ । 

प्रदेश–१, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्