नगरपालिकालाई बेलबारी काँग्रेसको ध्यानाकर्षण पत्र


बेलबारी, ४ कार्तिक । नेपाली काँग्रेस नगर समिति बेलबारीले बाढिपहिरोबाट क्षति पुगेका कृषकलाई आवश्यक राहत उपलब्ध गराउन नगरपालिकालाई ध्यानाकर्षण गराएको छ । नगर सभापति छत्र लिम्बूको नेतृत्वमा गएको नेपाली काँग्रेसको टोलीले आज (बिहिवार) नगरप्रमुख ज्ञानेन्द्र सुवेदीलाई उनकै कार्यकक्षमा पुगेर ध्यानाकर्षण पत्र बुझाएको हो ।

उक्त टोलीमा उपसभापतिहरू नीतु थापा कोइराला र उपेन्द्र सुवेदी, सचिवहरू सन्तोष भट्टराई र जनक पोखरेल लगायतको सहभागिता रहेको थियो । ध्यानाकर्षण गराउन नगरपालिका पुगेको टोलीले बाढीले अधिकांक्ष किसानको बालीमा क्षति पुगेको बताउँदै त्यसको तत्काल सम्बोधन गर्न नगरपालिसँग आग्रह गरेको छ ।                      

ध्यानाकर्षण पत्र बुझ्दै नगरप्रमुख ज्ञानेन्द्र सुवेदीले नगर प्रमुख सुवेदीले एउटा विपत्ति नसकिँदै अर्को विपत्तिले गर्दा जनता आहत भएको बताउँदै नगरपालिका क्षतिको विवरण सङ्कलनको क्रममा रहेको बताए । साथै नगरप्रमुख सुवेदीले विपतको समयमा जनसरोकारको विषयमा चासो राखेकोमा खुसीसमेत व्यक्त गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्