१४९६ औँ मोहम्मदको जयन्तीका दिन मुस्लिम समुदायलाई सार्वजनिक बिदा


काठमाडौँ, १ कातिक । सरकारले मोहम्मद जयन्तीका अवसरमा मुस्लिम समुदायलाई भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएका छन् ।

कात्तिक २ गते १४९६ औँ मोहम्मदको जन्म जयन्ती परेको छ । मुस्लिम समुदायले यस दिनलाई पवित्र दिनको रूपमा लिने गर्छन् । 

प्रतिक्रिया दिनुहोस्