पत्रकार केशु विरहीको बालकथा सङ्ग्रह ‘रेस्माको स्यान्डल’ प्रकाशित


बेलबारी, १ कार्तिक । पत्रकार केशु विरहीको नयाँ कृति रेस्माको स्यान्डल बजारमा आएको छ । लामो समयदेखि साहित्य, पत्रकारिता तथा शिक्षण पेसामा आवद्ध रहँदै आएका विरहीले आफ्नो नयाँ कृति ‘रेस्माको स्यान्डल’ लाई बालकथा सङ्ग्रहको रूपमा बाहिर ल्याएका हुन् ।

उनका कहालीलाग्दा गोरेटाहरू (उपन्यास) २०५५, आमाको माया (उपन्यास) २०५६, सुस्केरा (सामूहिक सङ्कन्) २०६२, दन्किएको आगो (गजल सङ्ग्रह) २०६३, भास्कर वंशावली (वंशावली) २०६५, सुलोचना (कथा सङ्ग्रह) २०७१ जस्ता आधा दर्जन साहित्यिक कृति बजारमा आइसकेका छन् । 

लामो समयदेखि बाल साहित्यमा कलम चलाउँदै आएका विरहीको रेस्माको स्यान्डल (बालकथा सङ्ग्रह) २०७८ सातौँ साहित्यिक कृतिको रूपमा बाहिर आएको छ । यस कृतिलाई शिखा बुक्स काठमाडौँले बाहिर ल्याएको छ । 

प्रतिक्रिया दिनुहोस्