सङ्खुवासभामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु


तेह्रथुम, ३१ असोज । सङ्खुवासभाको धर्मदेवी नगरपालिका–१ तीन जुरेमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुमको लालीगुराँस नगरपालिका–१ का ३७ वर्षीय रमेश दाहाल रहेको प्रहरीले जनाएको छ । 

ट्राफिक प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख मानबहादुर खत्रीले आइतबार बिहान टुटेदेउरालीबाट गुफा पोखरी जाँदै गरेको ट्रयाक्टर तीन जुरेमा दुर्घटना हुँदा तेह्रथुम भएका ट्याक्टरका चालकको घटनास्थलमै मृत्यु भएको बताएका छन् । ट्रयाक्टरको नम्बर प्लेट नखुलेको ट्रयाक्टर सडकबाट ३०० मिटर तल खसेको थियो ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्