सवारी दुर्घटना परेर कानेपोखरीमा एक युवकको मृत्यु


बेलबारी, ३० असोज । मोरङको कानेपोखरीमा भएको सवारी दुर्घटना परेर एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कानेपोखरी–४ नारायण चोकका १८ वर्षीय मौसम राजवंशी रहेको प्रहरीले जनाएको छ । 

ट्राफिक प्रहरी कार्यालय इटहरीले कानेपोखरी गाउँपालिका–४ गेवरिया खोलास्थित सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्र–१–०२–०४५ प ९८४० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा १८ वर्षीय राजवंशीको मृत्यु भएको बताएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका राजवंशीलाई उपचारका लागि नोबेल मेडिकल कलेज पु¥याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले तीव्र गतिका कारण मोटरसाइकल दुर्घटनामा भएको बताएको छ ।

तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई गेवरिया खोलामा दुर्घटना भएको थियो । दुर्घटनामा २१ वर्षीय गौरव विष्ट घाइते भएका छन् । 

प्रतिक्रिया दिनुहोस्